home mission news interviews activities download feedback mailings about us
this function is currently unavailabe
 

Click here for news in English »

प्रचण्डद्वारा शान्तिको रोडम्याप सार्वजनिक

माअ‍ोवादी अध्यक्ष प्रचण्डले संविधान सभा, सबै पार्टी र नागरिक समाजसहितको अन्तरिम सरकार र लोकतान्त्रिक गणतन्त्रको तीन वटा मागलाई नेपालको शान्तिका लागि रोडम्यापका रुपमा प्रस्तुत गर्नुभएको छ। भारतको टाइम्स अफ इन्डिया दैनिकका पत्रकार केशव प्रधानले प्रत्यक्ष भेटी लिनुभएको भनिएको अन्तर्वार्तामा आफूहरुको हतियारले शान्ति प्रक्रियामा बाधा नपुगोस् भन्नका लागि विश्वासको वातावरण बनाउन संयुक्त राष्ट्रसंघको संलग्नता चाहेको र विश्वासकै वातावरण बनाउन प्रमाणस्वरुप आफूहरुले एकपक्षीय युध्दविराम गरेको प्रचण्डले बताउनु भएको छ।

सरकार र भारत भने नेपालमा संयुक्त राष्ट्रसंघको संलग्नता नहोस् भन्ने चाहन्छ।

टाइम्स अफ इन्डियाको साइटमा मंगलबार राखिएको उक्त अन्तर्वार्ता कहाँ र कहिले लिइएको भन्ने प्रष्ट पारिएको छैन। तर १० किलोमिटर हिँडेर पुग्नुपर्ने जंगलले घेरिएको ठाउँ भनी भनिएको छ। उक्त कोठामा अन्तर्वार्ता दिने क्रममा प्रचण्डका साथ कुनै हतियार र गार्ड नभएको भनी समाचारमा लेखिएको छ।

अन्तर्वार्तामा प्रचण्डले स्वर्गवासी राजा वीरेन्द्रलाई तुलनात्मक रुपमा उदार व्यक्तिको रुपमा प्रशंसा गर्दै मौसूफले आफ्नै जनताको हत्या नहोस् भन्ने चाहिबक्सेको स्मरण गरिएको छ। राजपरिवारको हत्याकान्डलाई प्रचण्डले गहिरो षड्यन्त्रको उपज भएको दाबी गर्दै सामन्ती तत्वहरु र अमेरिकी थिंकट्यांकहरुको आफूहरुप्रति बढिरहेको चासोका बीच हत्याकान्ड मच्चाइएको बताउनुभएको छ।

नेपालमा गणतन्त्रको मुद्दाको समर्थन भारतीय विद्धत खेमाबाट भइरहेको तर भारतीय शासक वर्गमा भने अझै नेपालप्रतिको दृष्टिकोण परिवर्तन नभएको दाबी गर्दै प्रचण्डले भारतीय शासकहरु निरंकुश राजतन्त्रको विरोधमा भए पनि राजतन्त्रात्मक प्रणालीको विरोधमा नभएको प्रष्ट पारेका छन्।

भारतसँग समानताको आधारमा प्राकृतिक साधन र अन्य महत्त्वपूर्ण विषयमा नयाँ सन्धि होस् भन्ने आफूहरुले चाहेको बताउँदै प्रचण्डले आफूहरु अहिले मूलधारका राजनीतिक दलहरुसित अन्तर्क्रियामा रहेको जानकारी दिँदै यदि भारत प्रजातन्त्रमा विश्वास गर्छ भने उसले विभिन्न जेलमा रहेका हाम्रा नेताहरुलाई रिहा गर्नुपर्छ भनेका छन्।

सन् १९५० मा राणा शासन अन्त्यताका जस्तो भारतको भूमिकाको कुनै संभावना देख्नुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा प्रचण्डले दरबार, काँग्रेस र राणाहरुबीच भएकफ सन् १९५० को सन्धि राजतन्त्रलाई बढी महत्त्व दिइएको कारण गलत रहेको आफूहरुको विचार रहेको बताउँदै आफूहरु कुनै पनि वैदेशिक हस्तक्षेपको विरोधमा रहेको पनि बताएका छन्।

अन्तर्वार्तामा प्रचण्डले जनयुध्द आयात र निर्यात गर्ने वस्तुका रुपमा आफूहरुले नलिएको प्रष्ट पार्दै भारतविरुध्द संयुक्त संघर्ष छेड्ने आफूहरुको कुनै योजना नभएकोले भारत आफूहरुबाट तर्सनु पर्ने कारण नभएको भन्दै आश्वस्त पारेका छन्।

राजाले जनतालाई जनताको अधिकार फर्काउने घोषणा गरेमात्र राजासित आफूहरुको वार्ता हुनसक्ने पनि उनले बताएका छन्। SEPTEMBER 13, 2005 ।

 


 
 
this function is currently unavailabe
vote now
 
General Queries: info@radiodovaan.com | WebSite Queries: webmaster@radiodovaan.com
site designed and maintained by SunBi Creations